दिपक र अन्जुको ‘भन्नु पर्दा’ सार्बजनिक



गायक जितेन लेप्चाको आवाज रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल यु-ट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.