सेलीब्रेटी नेपाल माघ २२ गते-चलचित्रमा निकै उत्तेजक दृश्य दिएर एकाएक चर्चा र आलोचना खेपिरहेकी नायिका जिया केसीले उत्तेजक दृश्य दिन भने छोडेकी छैनन् ।
‘एटिएम’बाट चर्चामा आएकी यि नायिकाले ‘बर्बाद’मा दिएको दृश्यले पनि निकै चर्चा कमाइन् । त्यस्तै दृश्य अब जियाले ‘दनक’मा पनि दिने भएकी छिन् । जिके शर्माको निर्माणमा बन्न लागेको दनकमा जिया नै मुख्य भूमिकामा रहने बताइएको छ । बर्बादकै व्यानरमा बन्न लागेको दनकलाई पनि रिम विश्वकर्माले नै निर्देशन गर्ने भएका छन् । तीन चोर र एक प्रहरीको कथालाई समेट्ने बताइएको दनकको छायांकन फागुनको २७ गतेबाट सुरु हुनेछ ।