बलिउडका लाईन प्रोडुसर राजेन्द्र घिमिरे बलिउड फिल्मको छायांकन नेपाल गराऊदै


सेलिब्रेटी नेपाल काठमाडौँ

बलिउड चलचित्र उद्योग बिश्वकै सबै भन्दा ठुलो चलचित्र उद्योग हो भन्दा फरक पर्दैन बलिउड चलचित्रका दर्शक हरु बिश्व भर रहेका छन् नेपाली चलचित्र र नेपाली चलचित्रकर्मी हरु पनि बिस्तार बिस्व भर पुग्दै छन् । नेपालमा जन्मिएर करिब २० बर्ष पहिले बलिउड छिरेका राजेन्द्र घिमिरे अहिले बलिउडमा स्थापित नाम हो। घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७० वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् । घिमिरे सन् २०१८ भित्र तिन वटा ठुला तेलगु,हिन्दि र तमिल फिल्मको छायांकन नेपालमा गर्ने तयारीमा नेपाल आएका छन् ।

यस अघि पनि नेपालमा घिमिरेको अगुवाइमा थुप्रै फिल्म तथा मल्टी नेसनल कम्पनीका बिज्ञापनहरुको छायांकन भई सकेको छ । नेपालमा अझै पनि थुप्रै फिल्मको छायांकन गराउने र नेपालमा रहेका सुन्दर दृश्य हरु लाई बिश्व माझ चिनाउने उदेश्य राजेन्द्रले लिएका छन् । आफ्नो जन्म स्थान नेपालमा धेरै सुन्दर र मनमोहक दृश्यहरु छन् ति स्थानहरुको प्रचार प्रसार गरेर नेपाल पर्यटक भित्र्याउने र नेपाली प्राबिधिक तथा कलाकार हरुलाइ रोजगारी दिने उनको लक्ष्य रहेको छ ।एक पटक एउटा फिल्मको छायांकन गर्दा १५० जना भन्दा प्राबिधिक र त्यति नै कलाकारहरुले काम पाउने घिमिरे बताउछन् । नेपालमा बिदेशी प्रोजेक्टको छायांकन गर्दा नेपाल सरकार लाई पनि छायांकन अनुमतिको रुपमा कमाई भई रहेको उनि सुनाउछन् । नेपालमा रहेका सुन्दर लोकेसनहरु लाई फिल्ममा छायांकन गर्दा पर्यटन ब्यबसायमा पनि ब्रिद्दि हुने उनको बुझाई रहेको छ । ‘नेपाललाइ एउटा सुन्दर स्टुडियोको रुपमा परिकल्पना गरेर बिदेशी फिल्म हरुको छायांकनलाई सहज बनाउने र प्रचार प्रसार गर्ने हो भने नेपाली हरुको आयस्तर पनि बढ्ने छ’उनि भन्छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.