प्रियंका र आर्यनको ‘बटरफ्लाई’ रोमान्स सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बटरफ्लाई’को गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङ गीतमा सुरेश बज्राचार्यको छायाँकन उत्कृस्ट रहेको छ ।अर्जुन पोखरेलको शब्द/संगीतमा तयार भएको ‘म गाउदिन अब…’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर समाबेश छ । गीतमा कोरियोग्राफी कविराज गहतराजले सम्हालेका छन् ।

ओम प्रतिक (गुरुङ)को लेखन तथा निर्देशन रहेको चलचित्रमा आर्यन र प्रियंकाको साथमा अर्पण थापा, रविन्द्र खड्का, सुस्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । द फ्रेम क्रियसनको प्रस्तुति ‘बटरफ्लाई’ (कलर्स अफ लभ) मा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रुपमा रहेका छन् । सरोज शाह र मन्दील श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् । चलचित्र पुष २८ गते प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.