सेलिब्रेटी नेपाल काठमाडौँ

गायीका आकांक्षा बस्यालको स्वरमा रहेको गीत ‘तिम्रै दिलमा’ को भिडियो सार्बजनिक गरिएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो । गीतमा साजन शाहको संगीत रहेको छ बहने गीतमा शब्द लेखु सहयात्रीको रहेको  छ । भिडियोमा  मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजीक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनि पछिल्लो समय भने अमेरिकामा बस्दै आएकी छन् । सार्बजनिक गीतमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् । भिडीयोमा  मोडल बिष्ट संगै जन्गबु शेर्पा देखिएका  छन् । म्युजीक भिडीयोमा सौरम राज तुलाधरको निर्देशन ,शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन रहेको छ।



							
							
							
							
							
							