धुर्मुस सुन्तली फाउन्डेसनलाइ युके बाट सहयोग


सेलिब्रेटी नेपाल काठमाडौँ

‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गर्दै गरेको नयाँ बस्तीको लागि युके बाट सहयोग प्राप्त भएको छ । निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि युकेमा रहेको ‘नेपाली भाषा संस्कृतीक केन्द्र’ र ‘बन्दथोक नेपाली समाज युके’ले सहयोग गरेको हो । बस्ती रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको छ । दुई संस्थाको संयुक्त प्रयासमा संकलन भएको २ हजार ३ सय ९१ पाउण्ड इस्ट्रेलिङ्ग फाउन्डेसनलाई सोमबार हस्तान्तरण गरिएको हो ।युकेका संस्था प्रतिनिधि राजन फुयाँल र निर्देशक दिपेन्द्र के खनालले धुर्मुस सुन्तली फाउन्डेसनकी अध्यक्ष कुञ्जना घिमिरेलाई चेक हस्तान्तरण गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.