बोर्ड अध्यक्षमा पप्पु नियुक्त



सेलीब्रेटी नेपाल माघ १३ गते- विभिन्न ९ वुदे माग राखेर चलचित्रकर्मी आन्दोलन गरिरहेका बेला सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु ) लाई नियुक्त गरेको छ । चलचित्र विकाश वोर्डलाई स्वायत्त गर्ने, चलचित्र विकाश बोर्ड चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने, लगायतका ९ बुँदे माग राख्दै कलाकारहरुले आन्दोलन गरिरहेका बेला सरकारको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको हो । सुचना तथा संचारमन्त्री राजकिशोर यादवले उनैलाई नियुत्ति गर्ने तयारी बाहीर आएपछि चलचित्रकर्मीहरु चलचित्र विकाश बोर्ड चलचित्रकर्मीको नेतृत्व हुनुपर्ने मागलाई प्राथमिकताका साथ राख्दै २५ पुषबाट आन्दोलन उत्रिएका थिए।चलचित्र विकास वोर्डमा चलचित्र विज्ञ व्यक्ति आउनुपर्छ भन्दै आन्दोलनमा उत्रीएका सिनेकर्मीहरुको वैठकले विकास वोर्डमा पप्पुलाई नियुक्ती गरेर सरकारले मुठभेडको स्थिती निम्त्याउन खोजेको प्रतिक्रिया राष्ट्रिय चलचत्रि हित संरक्षण मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलले दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.