चलचित्रकर्मीको आन्दोलनको बिपक्षमा हल वाला हरुको संगठन


सेली ब्रेटी नेपाल माघ १० गते -राष्ट्रिय चलचित्र बचाउ भन्ने मुख्य नाराका साथ चलचित्र उधोगको विकासका लागि भन्दै बिभिन्न नौं बुँदा बोकेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरूको आन्दोलनले निकाश पाउने समय आउन लाग्दा नेपाल चलचित्र संघले भने ऐक्यबद्धता नजनाउने भएको छ ।मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि संघले आन्दोलन चलचित्र संघका सदस्यहरुलाई हानी हुने खालका कार्यक्रममा केन्द्रित भएको हुँदा नैतिक रुपमा सो आन्दोलनमा सहभागी हुन नसक्ने जनाएको छ । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल हस्ताक्षरित प्रेस विज्ञप्तीमा लेखिएको छ —

नेपाली चलचित्र उद्योगको विकास, विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित नेपाल चलचित्र संघ सदैव आफ्ना सदस्यहरुको हकहितको संरक्षणका साथै नेपाली चलचित्र उद्योगको प्रवद्र्धनमा प्रतिवद्ध भई क्रियाशील रहदै आएको छ ।

नेपाल चलचित्र संघको समेत पहलमा नेपाली चलचित्र क्षेत्रको विकाशकालागि गठन भएको चलचित्र विकश बोर्ड केही महिनादेखि नेतृत्व विहीन भएको अवस्थामा चलचित्र विकास बोर्डमा चलचित्रकर्मीको नेतृत्वमा तत्काल गठन गर्नुपर्ने मागप्रति हामीले ऐकबद्धता जनाउँदै विभिन्न संघसस्थाहरुसंगै आन्दोलनमा सहभागी भएका हौँ ।

तर आन्दोलनमा सहमति अनुरुप सो एक सूत्रीय मागभन्दा पृथक मागहरुमा बढी केन्द्रित हुदैँ विशुद्ध रुपमा नेपाल चलचित्र संघका सदस्यहरुलाई मात्र हानी हुने खालका कार्यक्रममा केन्द्रित भएको हुँदा नैतिक रुपमा हामी सो आन्दोलनमा सहभागी हुन नसकिने भएकोले तुरुन्त चलचिकर्मीको नेतृत्वमा चलचित्र विकाश बोर्ड गठन गरियोस् भनी जोडदार माग राख्दै वर्तमानमा भईरहेको आन्दोलनमा हाम्रो सहभागी नहुने समेत जानकारी गराउँदछु ।
अब चलचित्र कर्मी हरुले आफ्नो आन्दोलनलै सफल पर्न झन् कडा आन्दोलन गर्नु पर्ने छ  । चलचित्रकर्मीले राखेको बक्स अफिस राख्नु पर्ने माघ प्रति चलचित्र संघ जहिले पनि बिपक्षमा रहँदै आयको बुझियको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.