नेपाल आइडलको भोटशुक्रबार सम्म नगन्न अदालतको अन्तरिम आदेश


सेलिब्रेटि नेपाल काठमाडौँ

एपी वान टेलिभिजनले संचालन गरेको रियालिटी शो यति बेला देश तथा बिदेशमा समेत चर्चामा रहेको छ । चर्चा संगै नेपाल आइडल बिबादमा पनि आइ रहयो यति बेला भने नेपाल आइडल लाइ अप्ठेरो अवस्था आइ परेको छ । काठमाडौं जिल्ला अदालतले नेपाल आइडलको भोट गणना गर्ने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

नेपाल आइडल विरुद्ध परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश दिवाकार भट्टको एकल इजालशले बुधबार यस्तो अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । अदालतले उक्त मुद्दाको विपक्षी नेपाल आइडल सञ्चालन गर्ने एपी वान टिभीलाई भदौ २३ गते बिहानको १० बजे भोटिङ लगायत कार्यक्रमका सबै सक्कल फाइल लिएर अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ।

नेपाल आइडलमा भोटिङ गणना एक पक्षीय रूपमा गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । २३ गते दुबै पक्षको बहसपछि अदालतले नेपाल आइडलको निरन्तरताको पक्ष वा विपक्षमा फैसला गर्ने छ।