चलचित्र संघमा पनि चिरा



सेलीब्रेटी नेपाल माघ ९ गते- नेपाली चलचित्रकर्मीहरू यतिबेला सरकारविरुद्ध सडक संघर्षमा छन्। विकास बोर्डमा राजनीतिक नियुक्ति हुन नहुने, बक्स अफिस स्थापना हुनुपर्ने, चलचित्रको ग्रेडिङ हुनुपर्ने भन्दै चलचित्रकर्मीहरू अनशन बस्नेदेखि सिंहदरबार घेराउमा समेत लागेका छन्। तर तिनै चलचित्रकर्मी आबद्ध संघ/संस्थामा भने विवादै विवाद छ।
चलचित्र निर्देशक समाजमा अध्यक्षबाहेकका निर्वाचित पदाधिकारीले राजीनामा दिइसकेका छन्। निर्माता संघमा अध्यक्ष राजुकमार राईको क्रियाकलापका कारण संघकै अस्तित्व नामेट भएको भन्दै निर्माताहरू जानै छाडेका छन्। प्राविधिक संघमा विवादकै कारण अध्यक्ष सन्तु तामाङलाई हटाएर मनोज केसी अध्यक्ष बने। द्वन्द्व संघमा योगेन्द्र श्रेष्ठलाई अध्यक्षबाट हटाउन राजेन्द्र खड्गी लागेका लाग्यै छन्। यही समयमा हलवालाहरूको छाता संगठन नेपाल चलचित्र संघ पनि विवादबाट अछुतो रहन सकेन। गएको दसैंलगत्तै चलचित्र संघको महासचिव पदबाट प्रदीप उदयले अचानक राजीनामा दिएपछि संघ पनि विवादको भुमरीमा परेको हो। अहिले उनले दिएको राजीनामा फिर्ता गराउने तयारी भइरहेको बुझिएको छ।
चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलका अनुसार यो हप्ताभित्र उनको सो निर्णयलाई फिर्ता गराइन लागिएको हो। ‘उहाँ जस्तो व्यक्तिको राजीनामाले चलचित्र संघलाई मात्र हैन, समग्र फिल्म उद्योगलाई नै घाटा पर्न जाने देखिएकाले अनुनय विनय गरेर भए पनि लिखित रुपमै उहाँलाई यो हप्ता आफ्नो निर्णय फिर्ता गराउन हामी आग्रह गर्दैछौं,’ पोखरेलले आफ्ना सहकर्मीहरूसाग भन्ने गरेका छन्। राजीनामा पत्रलाई हालसम्म अनुमोदन
नगरेका पोखरेलले आफ्नो राइट ह्यान्ड उदयको सक्रियता नभइदिादा चलचित्र संघका अन्य गतिविधि एवं संस्थागत मिटिङसमेत राम्ररी गराउन पाएका छैनन्।
कूटनीतिक र राजनीतिक दुवै तवरमा निकै अब्बल उदयको चलचित्र विकास बोर्डमा अध्यक्ष हुने सम्भावना देखिएपछि उनले राजीनामा दिएका थिए। यद्यपि व्यक्तिगत व्यस्तताका कारण जनाउदै आफूले राजीनामा दिएको उनले बताउदै आएका छन्। अहिले पनि आन्तरिक व्यस्ततामा अल्झिएकाले कुनै पनि हालतमा राजीनामा फिर्ता नलिने प्रदीपको अडान रहेको छ। तर प्रदीपले किन राजीनामा दिएका हुन् भन्ने विषयमा अहिलेसम्म कसैले भेउ पाउन सकेका छैनन्। बुटवलका प्रदीप स्टार एफएमका मालिक पनि हुन्। उनको बुटवलमा हल छ। नेपाली चलचित्र पनि बनाउछन्। पूर्वराजावादी प्रदीप तीन वर्षअघि माओवादी प्रवेश गरेका हुन्। संघ अध्यक्ष पोखरेल कांग्रेसबाट राप्रपा नेपालमा प्रवेश गरेपछि प्रदीपले त्यसैलाई निहु बनाएर आफू अध्यक्ष बन्न लागेको बताइन्छ। तरुण साप्ताहिक बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.