बुद्दि जीवि हरुले हेरे मैनालाई



सेलीब्रेटी नेपाल माघ ९ गते- २०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई के पी पाठकले चलचित्र मा उतारेका छन् चलचित्रको नाम पनि मैना राखियको छ चलचित्र यहि फागुन ४ गतेबाट देशभरका अधिकांश हलमा सार्वजनिक प्रदर्शन गरिंदै छ ।सोमबार साँझ बिभिन्न स्कुल तथा कलेजका प्राध्यापकहरूले नेपाल चलचित्र संघको भवनमा र महिला अधिकारकर्मीहरूले सञ्चारिक समूहको कार्यालयमा बिभिन्न व्यक्तित्व हरुले चलचित्र हेर्न्र समय पाए ।चलचित्र हेरे पश्चात उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष स्वागत श्रेष्ठले मैनाको मार्मिक घटनालाई चलचित्र मार्फत प्रस्तुत गरेकोमा निर्देशक केपी पाठकलाई धन्यवाद दिएका छन् ।
चलचित्रमा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित मैनाको कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.