आधि बाटोमा भेटिय सबिन र अनु



सेलीब्रेटी नेपाल माघ ८ गते-रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको चलचित्र आधि बाटो को शुभमुहुर्त गरिएको छ । सबिर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रमा सबिन श्रेष्ठ, अनु शाह, यश कुमार, जेनिशा केसी, रूबी राणा, धिरेन शाक्य लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा नवराज थापाको छायांकन, जगदिश्वर थापाको कथा रहनेछ । काठमाण्डौ र कालिञ्चोक लगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिने निर्माणपक्षले बताएको छ । यस्तै चलचित्रको एक गीत र केही दृश्यको छायांकन भने बेलायतमा गरिने भयको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.