अमृता र बिक्रम बने मोडल हन्ट नेपाल


सेलिब्रेटी नेपाल काठमाडौँ

काठमाडौं बालुवाटारकी २१ वर्षीया अमृता अधिकारी र जनपुरका १८ बर्षीया बिक्रम आदित्य महासेठ ‘मोडल हन्ट नेपाल २०१७’को उपाधि चुम्न सफल भएका छन् । शनिबार साँझ सोल्टी क्राउन प्लाजमा सम्पन्न अन्तिम स्पर्धामा बिक्रम पुरुषलेतर्फ र अमृताले महिलातर्फको उपाधि जितेका हुन् । बिक्रमले ६५ र अमृताले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । अमृताले मष्टफोटोजेनिक र सुपरमोडलको समेत उपाधि हासिल गर्दा बिक्रमले सुपर मोडल समेत चुनिए ।

दुबै शीर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अवसर, बिभिन्न उपहारका साथमा नगद रु १ लाख नगद, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने लक्र्जरी मोडल अवार्डमा बिषेश प्रस्तुतिको अवसर प्राप्त गरे ।
प्रतियोगीतामा पुरुषतर्फ फष्टरनरअप र सेकेन्ड रनरअफ क्रमस लक्की खड्गी र रमेशकुमार चौधरी घोषित हुँदा महिलातर्फ सिमरन खड्का र एकता कुबर बिजेता बने ।
मोडलिङ पेसालाई ब्यवसायिक एवं मर्यादित बनाउदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयामको शुरुवात गर्ने उदेश्यले प्रतियोगीता आयोजना हँुदै आएको आयोजक नेष्ट मोडलस् नेपालका अध्यक्ष रवी धमलाले बताए ।
रनवे, ब्यक्तित्व बिकाश, आरजे, भिजे लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको प्रतिभा जान्ने निर्णायमा अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकार, रबिना देशराज श्रेष्ठ, राजभाइ सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मिलन एच आर राइ लगायत रहेका थिए ।

खचाखच दर्शकले भरिएको कार्यक्रम स्थलमा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहेका थिए । चार दर्जन बढी मोडलले बिभिन्न आकर्षक परिनका डिजाइनहरु क्याटवाक मार्फत र्याम्पमा प्रस्तुत गरेको कार्यक्रममा चर्चित संगीतकार कालिप्रसाद बास्कोटा र टिम इन्टरटेन्टमेन्टको कार्यक्रममा बिषेश प्रस्तुति रहेको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.