नेपाल आइडलबाट सुरज बाहिरिँदा रुवाबासी


सेलिब्रेटी नेपाल काठमाडौँ

रियालीटी सो नेपाल आइडलबाट नेपालगन्जका सुरज थापा बाहिरिएका छन् । शुक्रबार भएको अन्तिम ६ को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएको आधारमा सुरज बाहिरिएका हुन् । उनी बाहिरिएको घोषणा उद्घोषकले गर्दा निर्णायक मण्डलदेखि प्रतिस्पर्धी र सहभागि भावुक बनेका थिए । माहोल निकै भावुक भएकै क्षणमा सुरजले भने आफू बाहिरिए पनि जितेर गएको जस्तै फिल भएको भन्दै सबैप्रति धन्यवाद ज्ञापन गरे ।

शुक्रबारको प्रतिस्पर्धामा सुरजसँगै निशान भट्टराई र सुजाता पाण्डेपनि बटम थ्रीमा परेका परेका थिए । तर, उनीहरुको भन्दा कम भोट आएको आधारमा सुरज बाहिरिन पुगेका हुन् अब नेपाल आइडलको अर्को एपिसोडमा निशान र सुजाताका साथै सागर आले, प्रताप दास र बुद्ध लामाबीच प्रतिस्पर्धा हुनेछ ।