सेलीब्रेटी नेपाल माघ ६ गते- नेपाली चलचित्र क्षेत्रमा सफल नायक र निर्माताको रुपमा चिनियका भुवनले अब निर्देशन पनि गर्ने भएका छन् ।पछिल्लो समय नायिका जिया केसीसँगको सम्बन्धका कारण विवादमा परेका भुवनले दुई महिना भित्र आफ्नो चलचित्रको सुटिंग सुरु गर्ने भयका छन । भुवनको निर्देशनमा बन्ने प्रोजेक्टको लागि नायिका प्रियंका कार्की फाइनल भयकी छिन् ।भुवनले अहिले चलचित्रको लागि आफ्नै छोरा अनमोल र प्रियंका करिब फाईनल भइसकेको बताएका छन् । चलचित्र भित्र अर्को नायिका पनि हुने बताएका भुवनले को हुनेछिन् भन्ने बताएनन् ।नायिका प्रियंका कार्कीले पनि प्रोजेक्टका लागि स्क्रिप्ट सुनिसकेको र मन परेको बताएकी छिन् । एग्रिमेन्ट मात्र हुन बाँकी भएको प्रियंकाको भनाई छ । यस पटकको प्रोजेक्टको एउटा गीत मात्र शम्भुजित बाँस्कोटालाई तयार पार्ने जिम्मा दिइएको भुवनको भनाई छ ।
सम्बधित पोस्टहरु
‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा
प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।
‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
काठमाडौं । चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभल अन्तर्गत आयोजित नेपाली चलचित्र सप्ताहका उत्कृष्ट स्रष्टा तथा चलचित्रलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच कुल १० हजार अमेरिकी डलर बराबरको नगद पुरस्कारसहित सम्मान गरिएको छ।...
निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
कलाकार कोपिला थापा करिब तीन वर्षअघि भारतको उत्तराखण्डस्थित निम करौरी बाबाको कैंची धाम दर्शनका लागि जाने क्रममा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।
मोडल डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६
काठमाडौँ। मोडल डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको क्यान्सर समेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । अब उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा...
चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा...




