सेलिब्रेटी नेपाल काठमाडौँ
आज भोलि अधिकाम्स निर्माता निर्देशकले आफ्नो चलचित्र प्रचारको थालनी बिभिन्न तडक भडकबाट गर्ने गरेका छन् । यो मामलामा केही भिन्न देखिएका छन् चलचित्र लिला युनिट ।‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाज सेवाबाट गरेको छ । आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको छ । निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो ।
सोही कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संन्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना समेत खुवाए । चलचित्रकी मुख्य अभिनेत्री मलिना जोशीले भने कार्यक्रममा देखा परिनन् ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन्, भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन् । चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् ।
चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ । चलचित्र ३० भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।