निर्मात्री तथा अभिनेत्रीले पत्रकारलाई दिएको धक्की प्रति संघको आपत्ति


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)ले पत्रकार उत्सव रसाइलीलाई भौतिक आक्रमणको धम्की दिएकोप्रति चलचित्र पत्रकार संघ नेपालले आपत्ति जनाएको छ ।

संघका सचिव वैकुण्ठ पराजुलले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन) ले यस संघका कार्यसमिति सदस्य पत्रकार उत्सव रसाइलीलाई नियोजित रूपमा भौतिक आक्रमणको धम्की दिँदै मानसिक असर पर्ने गरी सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट गालीगलौज गरेकोप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर ध्यानाकर्षणसहित आपत्ति प्रकट गर्दछ ।’

संघकै साधारण सदस्य स्वस्तिका चिलुवाललाई सुस्मिताले यसअघि भौतिक आक्रमणसम्मको धम्की दिएको र अहिले रसाइलीलाई पनि धम्की दिनु स्वतन्त्र पत्रकारितामाथिको ठाडो हस्तक्षेप भएको संघले निष्कर्ष निकालेको छ । ‘स्वतन्त्रतापूर्वक आफ्नो धर्म निर्वाहमा जुटेको पत्रकारमाथि यो हदसम्मको दुव्र्यवहार गरिनुले प्रेस स्वतन्त्रताको हनन गरेको संघको ठहर छ’, जारी विज्ञप्तिमा उल्लेख छ, ‘संघ पत्रकारमाथि हुने यस्ता घटनाको कडा भत्र्सना गर्दछ ।’

भौतिक आक्रमणको धम्की दिनु पर्नाको र लैंगिकता र जातीयता सम्बन्धमा अनैतिकता प्रस्तुत गर्नुको कारण तीन दिनभित्र जवाफ पेश गर्न संघले सुस्मितालाई भनेको छ । यदी उक्त समयावधिमा जवाफ पेश नगरिए सुस्मितासँग सम्बन्धित कुनै पनि गतिविधिे वहिष्कार गर्ने चेतावनी संघले दिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.