अक्षयको फ्यानले परिबन्धनमा पारे पछि


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अक्षय कुमारका अनुसार केही समय अघि एकजना फ्यानले उनलाई निकै परिबन्धनमा पार्ने काम गरिन् । एकजना फ्यानले अक्षयको घर अगाडि नै अनशन बसिदिइन् । अक्षयको सेक्युरिटी गार्ड आएर फ्यानबारे जानकारी गराएका थिए । तीनदिन देखि भोकै बसेकी फ्यानले अक्षयसँग भेट्न खोजीरहेकी थिइन् । अक्षयले थाहा पाएपछि उनलाई घरभित्रै भेट्न बोलाए । उनले सोचेका थिए कि कोही फ्यान होला अटोग्राफ दिएपछि फर्केर जानेछिन् ।तर, भित्र आएपछि फ्यान एक्कासी अक्षयको अंगालोमा बाध्न खोजिन् र रुन थालिन् ।

अक्षयका अनुसार उनी राम्रो परिवारबाट भएको जस्तो देखिन्थिइन् । तर, अक्षय त्यतिखेर डराए जब उनले विवाहको प्रस्ताव राखिन् । नत्र भने कुनै हालतमा आफुलाई नछोड्ने उनले बताए । अक्षयले फ्यानको घरको नम्बर लिए र परिवारलाई बोलाउने काम गरे । परिवारले आएपछि बल्ल थाहा भयो उनी एक धनी परिवारबाट थिइन् । आफुलाई भेट्न घरबाट भागेर आएको समेत उनले थाहा पाए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.