बधशाला फागुन २५ बाट नेपाल संगै विदेश पनि



सेलीब्रेटी नेपाल माघ ६ गते- शसस्त्र द्धन्द्धको समयमा जेलमा भएका मानव अधिकार हननको विषयलाई मुख्य कथा बनाइएको चलचित्र ‘बधशाला’ नेपालसँगै यू.केबाट पनि एकसाथ रिलिज हुने भएको छ । गत आईतबार स्म्यासिङ एप्पलको तर्फबाट निर्माता मोहन डोटेल र ह्याभ अ मुमेन्ट कम्पनीका प्रमुख नविन गुरुङसँग सम्झौता भएसँगै ‘बधशाला’ आउदो फागुन २५ मा नेपाल र यू.केबाट एकसाथ प्रदर्शनमा आउने पक्का भएको हो ।वास्तविक कथामा निर्देशन गर्ने निर्देशकका रुपमा चिनिएका मनोज पण्डित निर्देशित चलचित्र ‘बधशाला’ नेपालका क्यू.एफ.एक्स, बिग लगायत अन्य सिंगल तथा मल्टिप्लेक्स थिएटरहरुमा एकसाथ रिलिज हुदैछ ।‘बधशाला’ मा सौगात मल्ल, अनुप बराल, अर्पण थापा, दयाह्याङ राई, खगेन्द्र लामिछाने, सरीता गिरी ,समुना के.सी. लगायतका कलाकारहरुको अभिनयलाई देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.