सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
बलिउड अभिनेता अमिर खान आफ्नो फिल्मको लागि कुनै पनि हदसम्म जान सक्छन् । आफ्नो क्यारेक्टरको लागि अमिरले दंगलको लागि निकै तौल बढाए । त्यसपछि उनी फेरि स्लिम फिट भए । अहिले फेरि ‘ठग्स अफ हिन्दुस्तान’को लागि उनले नाकमा फुली लगाएका छन् । यतिमात्र होइन उनले कारमा पनि अनेक प्रकारण एसेसरिज लगाएका छन् ।
यसको लागि उनले वास्तवमै नाक कान छेडेका छन् र आफ्नो तौल पनि निकै घटाएका छन् । माल्टामा सुटिङ भैरहेको फिल्मको लागि १८ औं शताब्दीका जहाजसँग मेल खाने दुई जहाज बनायएका छन् । फिल्ममा अमिताभ बच्चन पनि लिड रोलमा रहने बताइएको छ । विजय कृष्ण आचार्यको निर्देशनमा बन्ने फिल्ममा अमिरको अपोजिट अना सेख र कटरिना कैफ रहेका छन् ।