गिरफ्तार चलचित्र कर्मी मुक्त आन्दोलन कडा पारिने


सेलीब्रेटी नेपाल माघ ५ गते-हिजोको आन्दोलन मा प्रहरीले गिरफ्तार गरेका चलचित्र कर्मीलाई दिनभर नियन्त्रणमा लिएर साँझ छोडिदिएको छ । उनीहरुलाई दिन भर गौशाला प्रहरी चौकीमा राखेर भोलि देखि आन्दोलन नगर्नु भनि छाडीदियको हो आन्दोलनरत चलचित्रकर्मीले माग पूरा नभएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् । यहि आन्दोलनलाई जारी राख्दै लक्ष्मी गिरी, सुभाष गजुरेल, सुरेशदर्पण पोखरेल, मुकेश ढकाल, ऋचा सिंह ठकुरी र कुमार सिलवालले बोर्डको प्राङणमा रिले अनशन लाई जारी राखेका छन् छन् ।रिले अनसनमा उत्रेका यि आधादर्जन चलचित्रकर्मी पाल टाँगेर चिसो भुईंमा बसेका छन् ।आन्दोलन अब झन् कडा रुपमा लाने आन्दोलनरत कलाकार हरुले बतायका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.