बिकाश बोर्डमा अनसन बसेका चलचित्र कर्मी गिरफ्तार



सेलीब्रेटी नेपाल माघ ४ गते- चलचित्र उद्योग सम्बन्धि बिबिद माघ राखी आन्दोलन रत चलचित्र कर्मीहरु आज बिकाश बोर्ड मा पुन ताला लगाउने र रिले अनसन बस्ने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि उपस्थित करिब ४ दर्जन चलचित्र कर्मी हरु लाई गिरफ्तार गरि गौशाला प्रहरी चौकी पुर्यायको छ प्रहरीको पक्राउमा नायिका करिष्मा मानन्धर, अभिनेत्री बसुन्धरा भुषाल, लक्ष्मी गिरी, नायिकाहरू सुमिना घिमिरे, ऋचा सिंह ठकुरी, पूजना स्त्री, अभिनेत्री मौसमी मल्ल, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, एमएस अग्रज, बिमल पौडेल लगायतका चलचित्रकर्मीको साथमा संचारकर्मी अनुप भट्टराई र बिजय आवाज रहेका छन् । एकतर्फी रुपमा आफ्नो बल प्रयोग गरेर सरकारले आफूहरूको आन्दोनललाई जति रोक्न खोजेपनि माग पूरा नभएसम्म यो आन्दोलन नरोकिने आन्दोलनरत चलचित्रकर्मीको आवाज छ ।अहिले चलचित्र कर्मी हरु गौशाला प्रहरी कार्यालय अघाडी नारा बाजी गरि रहेका छन् । भने चलचित्र कर्मीले लगायको ताला पुन प्रहरीले तोडेर बिकाश बोर्डका कर्मचारी हरु आफ्नो काममा फर्की सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.