मनिषा कोइराला बागमती सफाइ सदभावना दूत


सेलिब्रेटी नेपाल काठमाडौँ

सरकारले बागमती सफाइ महाअभियानको सदभावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो। कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ। तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए। २०७० जेठ ५ देखि सातामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.