सन्नी लियोनिले बोल्ड सीन दिन नमान्दा गुम्यो फिल्म


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

एकता कपुर हिट फिल्म ‘रागिनी एमएमएस २’को सिक्वेल बनाउँदै छिन् । खास कुरा यो हो कि, फिल्ममा अभिनेत्री सनी लियोन अटाइनन् । सिक्वेलमा सनीलाई रिया सेनले ‘रिप्लेस’ गरेकी छिन् ।

आखिर सिक्वेलमा सनी किन अटाइनन् ?
यसको कारण खोज्दै जाँदा ‘रागिनी एमएमएस २’को सुटिङको अवस्थामै पुग्नुपर्छ । त्यतिखेर एकता सनीसँग खुसी नभएको खबर आएको थियो । उनलाई सनीले दिक्क बनाएको खबर चर्चामा थियो । त्यतिखेरको काम सोचेजस्तो नभएर नै एकताले सिक्वेलमा सनीलाई नराखेको खबर आएको छ ।

त्यतिखेर एकताले सनीमार्फत फिल्ममा हरर सिन राख्ने सोचेकी थिइन् । उनले सनीको ‘पोर्न इमेज’को फाइदा उठाउने कोसिस पनि गरिन् । तर, सनीले ‘बोल्ड सिन’ दिन इन्कार गरिदिइन् । यो कुराले एकतालाई दुःखी तुल्यायो । सनीको यही व्यवहारका कारण उनी कहिल्यै सँगै काम नगर्ने निर्णयमा पुगिन् । यसकारण रागिनी एमएमएस २ को सिक्वेलमा उनले सनीलाई लिइनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.