कलाकारितामा अघि बढ्दै रामकृष्ण


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली मोडलिंग क्षेत्र र चलचित्र क्षेत्रमा आफ्नो करिएर बनाउन चाहने युवा युवती थुप्रै छन् । कतिको रहर भएर पनि बिबिध कारणले आफ्नो रहर लाइ गुम्साएर बसेका पनि छन् । ग्ल्यामर क्षेत्र भन्ने बित्तिकै नाम खुम्चाउने हाम्रो समाज विस्तार परिवर्तन हुँदै छ । कला क्षेत्रमा नै लागेर आफ़ो भबिस्य राम्रो बनाउने संख्या पनि बढी रहेको छ ।

यसै क्रममा बाइस बर्सिय ठिटो रामकृष्ण बस्नेत आफ्नो करिएर उकास्ने धुनमा लागि परेका छन् । मोडलिंगको लागि तालिम लिंदै गरेका रामकृष्णले स्वरुपराज आचार्यको आवाजमा रहेको एउटा गीत र प्रमोद खरेलको आवाजमा रहेको एउटा गरि दुइ भिडियोमा अभिनय समेत गरि सकेका छन्। कला क्षेत्रमा लागेर आफ्नो नाम चिनाउने उनको इच्छा रहेको छ । भबिस्यमा राम्रो कलाकार बन्नका लागि अहिले आफुले आधारभूत तालिमहरु लीइ रहेको उनि बताउछन् । कला क्षेत्रमा अघि बढ्न रहरले मात्र हुन्न लगनशिलता पनि चाहिन्छ उनि थप्छन ब्याचलर सम्मको अध्ययन सकाएका उनि आफ्नो जीवनको लक्ष्य नै कलाकारिता भएको बताउछन् । आफुले काम गरेको दुइ वटा भिडियो बाट मिश्रित प्रतिक्रिया पाई रहेका बस्नेतको अर्को नयाँ भिडियो पनि सार्बजनिक हुने क्रममा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.