वडाध्यक्षलाई कामै गर्न नदिने नीलकाजीले जिते वडाध्यक्ष


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकारको रुपमा आफ्नो राम्रो छाप छोड्न सफल व्यक्ति नीलकाजी शाक्य अब कलाकार मात्र रहेनन् आफ्नो टोल बस्तिको बिकाश गर्ने जिम्मेवारी सहित वडा अध्यक्षमा निर्बाचित भएका छन्। गत बर्षको सफल चलचित्र जात्रामा टोल सुधार समितिको अध्यक्षको भूमिका निभाएका नीलकाजी अब वडा अध्यक्ष भएका छन् । काठमाडौँ महानगर पालिका वडा नम्बर २५ मा उनले चुनाब जितेका हुन् ।

महले निर्माण गरेको टेलिफिल्म कान्तिपुरमा २०४६ सालमा प्रजातन्त्र आएपछि जे कुरामा पनि खोँचे थापेर वडाध्यक्षलाई कामै गर्न नदिने पात्र अर्थात् मुख्य खलनायकका रूपमा नीलकाजी देखिएका थिए। त्यस किसिमका चरित्र असाध्यै बढी भएकाले त्यतिबेला काठमाडौं महानगरपालिकाले प्रायोजन गरेर बनाएको सन्देशमूलक टेलिफिल्म थियो त्यो। फोहर व्यवस्थापन गर्नै नदिने, सडक चौंडा पार्नै नदिने त्यस टेलिफिल्ममा अन्तिममा नीलकाजीकै घर आगलागी हुँदा दमकलसमेत पुग्न नपाएर ध्वस्त भएको हुन्छ।

‘महजोडी बन्नुभन्दा निकैअघि काठमाडौंका डबलीहरूमा प्रहसन र नाचगान आयोजना हुन्थे,’ नीलकाजी भन्छन्, ‘मदनकृष्ण दाइलाई मैले त्यसै बेलादेखि चिन्दै आएको हुँ।’

त्यो परिचयकै आधारमा मदनकृष्णले बोलाएपछि अभिनय गर्न गएका उनी त्यसपछि महजोडीका धेरै टेलिफिल्म र नाटकहरूमा देखापरे। यसै क्रममा एकपटक महजोडीले नै उनलाई ठूलो पर्दाको सिनेमा खेल्न लगे। त्यो थियो ‘बलिदान’। त्यसमा नीलकाजीको भूमिका पञ्चायतका खुंखार अञ्चलाधीशको थियो। हरिवंशलाई कठोर सजाय सुनाउनेदेखि लिएर त्यो पात्रका छोरी चेलीलाई कुदृष्टि लगाउनेसम्मको भूमिका त्यो अञ्चलाधीशले निर्वाह गरेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.