राजेश पायल राई



राजेश पायल राई

  • जन्म मिति -वि.स. २०३२ असोज १४ गते
  • जन्म स्थान-खोटाङ,बुइपा
  • पिता – रत्न राई
  • माता -सञ्चलक्ष्मी राई
  • संगीत यात्रा सुरु-२०४५
  • पहिलो गीत – रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर

एकल एल्बम – मुर्छना २०५२, पूर्वमा रङ चढेछ ०५३,जष्ट फर यू ०५४ ,लभ लेटर ०५५, बैगुनी रैछौ मायालु ०५६,निगाह ०५८, जदौ २०६१,कामना ०६३,जदौ–२ ०६५,दर्शन नमस्ते ०६६,राई ईज किङ २०६८ ,जदौ ३
फैलियो माया दुबो सरि र  बैगुनी रैछौ मायालु जस्ता गीतबाट निकै सफल भयका राईले राई ईज किङ सम्म आईपुग्दा पछिल्लो पुस्तामा नम्बर वान गायकको समेत  पाईसकेका छन् । विभिन्न चलचित्रमा समेत स्वर दिएका राजेश पायल चलचित्रका कलाकार पनि हुन् । उनले दैवसंजोग, दौतरी, परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय गरेका छन् । यस्तै करिब ३ सय पचास चलचित्रमा स्वर समेत दिएका राईले पहिलो पटक २०५४ सालमा अशोक शर्माको चलचित्र गरिबको तीन वटा गीतमा आफ्नो स्वर दिएका थिए । त्यसपछी चलचित्रमा पार्श्व  गायनमा उनी ब्यस्त भइ रहेका छन् ।विश्वका प्राय सवै चर्चित मुलक भ्रमण गर्नुको साथै कन्सर्ट गरेका राईले २०५३ सालमा पहिलो विदेश भ्रमण हंगकंग गएका  थिए । जहाँ  उनको जिवनको पहिलो वैदेशिक कन्सर्ट थियो ।
२०६० साल असार १२ गते विराटनगरको रिभ्स डिजीटल रेर्कडिङ स्टूडियोमा ५ घण्टामा ९ वटा गीत रेकर्ड गराएका थिए । सम्भवत: विश्वमै यसरी ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायक हुन।
गायक राईले २०६६ सालमा रिलिज भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत जिते । यस्तै उनी २०६७ मा छिन्नलता पुरस्कार तथा अन्य पुरस्कारबाट पनि सम्मानित एवं पुरस्कृत भइ सकेका छन् ।

http://youtu.be/eeDZsfAghPM