रेखाको निर्माण निर्देशन अभिनय रहेको ‘मालिका’ छायांकन सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री रेखा थापाले अभिनय तथा निर्देशन गरेको चलचित्र ‘मालिका’ को छायाँकन सकिएको छ । २९ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकेर चलचित्र युनिट काठमाडौँ आइपुगेको छ टिमको सक्रियता र मौसमले साथ दिँदा चलचित्रको छायाँकन सेड्युल भन्दा अगाडीनै सकिएको निर्देशक रेखाले जानकारी गराईन ।

चलचित्रको छायाँकन काठमाडौँ, बनेपा, बाँके र जाजरकोटमा भएको थियो । जाजरकोटमा नेपाली चलचित्रको छायाँकन भएको यो नै पहिलो पटक हो । रेखाको निर्देशनसँगै अभिनय र निर्माण पनि रहेको चलचित्रमा जाजरकोटी चेली कमला ओलीको पनि मुख्य भूमिका रहेको छ । नरबहादुर कार्की निर्माता रहेको चलचित्रमा कथा पनि उनकै रहेको छ ।

सरस्वती थापा र तारा थापा निर्माता रहेको चलचित्रले बालविवाह अन्त्य र महिलासशक्तीकरणको विषय उठाएको छ । ‘मालिका’मा शिवम अधिकारीको पटकथा, रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको छ । आगामी लक्ष्मी पुजाको दिन बाट चलचित्रलाइ प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।