(सेलिब्रेटी नेपाल) ९ बैशाख-एनिमेटर सिमोश सुनुवार र नायक तथा निर्माता रेश मरठ्ठाको बिच ७ लाख रुपियाँ जरिवाना तिर्ने र १५ दिनमा ‘च्यालेञ्ज’ को सबै बाँकी काम सकाउने सहमती भएको छ । आफ्नो पारिश्रमीक साढे ६ लाख लिएका सिमोशले ७ लाख रुपियाँ ३ महिना भित्र ५ किस्तामा रेशलाई चुक्ता गरिसक्नु पर्नेछ । सिमोश र रेशको सहमती निर्माता संघका अध्यक्ष राजकुमार राई, महासचिव केशव भट्टराई र सचिव सुरेश दर्पण पोखरेलको रोहवरमा भएको हो । नेपाल चलचित्र निर्देशक समाज र निर्माता संघले जिल्ला प्रशासनलाई काटेको पत्रका आधारमा हिजो कमल पोखरी प्रहरी विटले निर्देशक सुनुवारलाई पक्राउ गरेको थियो । हिजो साँझ नै प्रहरीले सिमोशलाई रेशसँग सहमती गरेर आउन भनी तारेखमा छाडेको थियो ।
सम्बधित पोस्टहरु
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘आँखा’ फर्स्टलुक सार्वजनिक, असार १४ बाट प्रदर्शनमा आउने
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ...
४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ को छायाँकन सकियो
काठमाडौँ। ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...