दया संगै गौरब र मेनुकाको ठुम्का ‘साइँली’को पहिलो गीत सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ: चलचित्र ‘साइँली’को पहिलो गीत सार्वजनिक गरिएको छ । गायक तथा ‘साइँली’का निर्माता तथा गायक हेमन्त रानाको जन्मदिनको अवसर पारेर चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रमा समावेश ‘नाच माया…’ बोलको गीत सार्बजनिक गरिएको हो ।

सार्वजनिक गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा गायक हेमन्त रानाको स्वर समाबेश छ । सार्बजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहलाई फिचर्ड गरिएको छ । रामबाबु गुरुङले निर्देशन गरेका चलचित्र सामाजिक कथा बस्तुमा बनेको छ ।

चलचित्रलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।