हरीको डेब्यु निर्देशनमा सुमिको एक्सन


सेलिब्रेटी नेपाल

काठमाडौँ: छायाँकार हरी हुमागाईंको निर्देशनमा बन्न लागेको चलचित्र ‘सरौतो’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र निर्माणको अफिसियल घोषणा गरिएको हो । चलचित्रमा सुमी मोक्तानले सन्नी सिंहसँग रोमान्स गर्नेछिन् । मोडलिंग बाट चलचित्रमा प्रवेश गर्न लागेकी सुमी मोक्तानले चलचित्र ‘सरौतो’ मा एक्सन भूमिका निभाउन लागेकी छन् । चलचित्र घोषणा कार्यक्रमका सार्वजनिक फस्टलुकमा समेत अभिनेत्री मोक्तानको एक्सन अवतारलाई स्थान दिइएको छ । च

लचित्रमा सुमी मोक्तान र सन्नी सिंहका अलवा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । उत्तम हुमागाईंको छायांकन रहने चलचित्र राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । श्री महर्जन चलचित्रका निर्माता हुन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने चलचित्र माघ २२ गते बाट फ्लोरमा जानेछ ।