विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
bishnubhakta-fuyal
नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ वैज्ञ’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि काठमाण्डौको वीर अस्पताल लगिएको थियो । अस्पतालमा नै उनकोे निधन भएको हो । हाँस्य सिरियल ‘तितो सत्य’मा उनले लामो समय काम गरेका थिए । साथै, थुप्रै चलचित्रमा पनि उनले अभिनय गरेका छन् ।