अतितको साया संग गुनासो छैन ‘समर लभ’ स्याड भर्सन गीत सार्वजनिक


सेलिब्रेटी नेपाली

काठमाडौँ: चलचित्र ‘समर लभ’ मा समाबेश स्याड भर्सनको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘गुनासो छैन’ बोलको गीतको भिडियोलाई लिरिकल बनाइएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले स्याड भर्सनको गीत सार्वजनिक गरेको हो ।

गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत समावेश छ भने भोकल र एरेञ्जमा रिकेश गुरुङ छन् । मुख्य कलाकार आशिष पिया, रेवती क्षेत्री सँगै सुरजसिंह ठकुरीलाई पनि गीतमा फिचर गरिएको छ । चलचित्रमा समावेश यसअघि सार्वजनिक ‘साया’ बोलको गीत लोकप्रिय बनिसक्दा ट्रेलरले राम्रो हाइप बनाइसकेको छ । ‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । अर्जुन जिसीको सम्पादन, सञ्जय लामाको छायाँकन रहेको चलचित्रमा उल्लेखित तीन कलाकारसँगै नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक लगायतको मुख्य अभिनय रहेको छ ।

‘समर लभ’को स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । एकराज तामाङ लाइन प्रोड्यूसर रहँदा सह- निर्मातामा सोपन सरकार र मनोज बिक छन् । चलचित्र माघ २५ गते बाट प्रदर्शनमा आउनेछ ।