अनमोल र भुवनसंग निरुताको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘क्याप्टेन’ मा समाबेश ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो सार्बजनिक गीतम नायक अनमोल केसी, अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहलाई फिचर्ड गरिएको छ । इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउने छ । सार्वजनिक गीतमा एसडी योगी र सुशान्त गौतमको संगीत, हर्क साउँद र मनिष ढकालको शब्द,मेलिना राई र एसडी योगीको स्वर रहेको छ । सार्बजनिक गीतको भिडियोलाइ रेनेशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी,प्रियंका एमभी,प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्र फागुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।