भिजुअल इफेक्ट्समा अक्कीको शान


सेलिब्रेटी नेपाल काठमाडौँ
akki
नेपाली चलचित्र क्षेत्रमा बिगत ७ बर्षदेखि भिजुअल इफेक्ट्स तथा एनिमेटरको काम गर्दै आएका अक्की शर्माले एलजी फिल्म अवार्ड २०१६ र बक्स अफिस फिल्म अवार्ड २०१६ बाट बेष्ट भिजुअल आर्टिस्टको अवार्ड हात पारेका छन् ।

चलचित्र माला र क्रिकेट सम्बन्धि चलचित्र च्याम्पियनमा उनले गरेको भिजुअल इफेक्ट्सको कामबाट उनेल अवार्ड हात पारेका हुन् ।
akki 1
हाल सम्म नोबेम्बर रेन, शिसा, मेघा, नाई नभन्नु ल ३, चिअर्स, लुट कम्पनी, बिर्खेलाई चिन्छस्, स्कूल गरी करिब ५० भन्दा बढी चलचित्रमा उनले काम गरिसकेका छन् ।