कान्छा निर्देशकको ‘हैरान’ फस्टलुक पोष्टर सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘हैरान’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पोस्टर सार्बजनिक गरिएको हो सार्वजनिक पोष्टरमा चलचित्रको सम्पूर्ण पात्रको लुक्स र चलचित्रको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । वरिष्ठ पत्रकार शान्तिप्रिय , वरिष्ठ कलाकार सरोज खनाल र चलचित्र टिमले संयुक्त रुपमा पोष्टर सार्वजनिक गरेका थिए । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीयशोदा सुबेदीश्रेष्ठको निधन प्रतिशोक व्यक्तगर्दै सुरु गरिएको कार्यक्रममा चलचित्रका कलाकारहरु सरोज खनालसँगै सत्यराजआचार्य , गजित विष्ट , सागर लम्साल’बले’ , निश्मा घिमिरे , निर्मल शर्मा , आरोहीशर्मा , एन्जल राई , पुस्कर रेग्मीलगायत उपस्थितथिए ।

चलचित्रमा बुद्धि तामाङ ,वसिम राजाको पनिअभिनय रहेको छ । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार चलचित्रलाई कमेडी जनरामा तयार पारिएको छ । डेब्यु चलचित्र ‘लभ यु बाबा’मार्फत नै सौगातविश्वका कान्छा निर्देशक घोषित भएकाथिए । यिनै सौगात दोस्रो फिल्मलियर आउने तयारी गरिरहेका छन् । अघिल्लो चलचित्रममाबाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिकविषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा गीत लेखन सँगै यसको कास्टिङ निर्देशन शान्तिप्रियले गरेका हुन् ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमामुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एललामा निर्माता रहेका छन् भने सम्झनापोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराजआचार्य, स्वरूपराजआचार्य ,किरण कडेल , राजनइशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्रमा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।