‘लिङ्गे पिङ’ मा रवि ओड संगै ट्वीन्स दीपा र दमान्ताको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालीहरुको महान पर्व दशैँ नजिकिदै जादा दशैँ सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा मेलिना राई र विक्कु क्षेत्रीको स्वर रहेको दशैँ गीत ‘लिङ्गे पिङ’ सार्वजनिक गरिएको छ । इट्टाघरेको शब्द, राजनराज सिवाकोटीको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशन र राजेन्द्र कटवालको कोरियोग्राफी रहेको भिडियोमा रञ्जित पौडेल, रवी ओड, दीपा र दमान्तालाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ भने पदम क्षेत्री र हेमा मगरले निर्माण गरेका हुन् ।