‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक (भिडियो)



काठमाडौँ। माधवराज खरेल निर्देशित चलचित्र ‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक गरिएको छ । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको गीतमा पुरुषोत्तम लोहनीको शब्द, अनिल विरहिको संगीत र राज सागरको स्वर छ । सुदूरपश्चिमको विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रले मौलिक विषयवस्तुमा समावेश भएको प्रेमकथा भन्ने प्रस्तुतकर्ता कमला जोशीले जानकारी दिइन् ।

स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाँस्य विधामा बनेको यो चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय छ ।

किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतको स्वर, शब्द र संगीत रहेको छ । चलचित्रलाई छिट्टै प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।