केकी र प्रकाशको ‘बारीको कर्कलो’ (भिडीयो)



काठमाडौं। गीतकार विजय दर्पण र सङ्गीतकार योगेशकाजीको गीत ‘बारीको कर्कलो’ सार्वजनिक गरिएको छ । विष्णु माझी र बाबुकृष्ण परियारको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा विजय दर्पणको शब्द, योगेशकाजीको सङ्गीत रहेको छ । गीतमा निश्चल गुरुङ, सुरज लामिछाने, ज्ञानु परियार र जमुना सोनामको कोरस स्वर समाबेश छ । राजकुमार मगरको निर्देशन तथा सम्पादन रहेको सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन तथा ड्रोन रहेको भिडियो राजिव समरको कोरियोग्राफी रहेको छ ।

अमेरिकमा बसेर गीतलेखनमा सक्रिय नाम हो विजय दर्पण । उनका धेरै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । योगशसँग विजयको यो दोस्रो सहकार्य हो । यसअघि यिनिहरुको सहकार्यमा ‘नक्कली साली’ सार्वजनिक भएको थियो ।