बेलायतबाट बनेको ‘शून्य’मा ध्रुव दत्तको एकल अभिनय



काठमाडौँ। प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिंदै आइरहेका कलाकर्मीहरू मध्ये ध्रुव दत्त पनि एक हुन । यसैबीच बेलायतमा बस्दै आएका अभिनेता ध्रुव दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ ।

लामो समयदेखी बेलायतमै रहंदै आएका पुराना चलचित्रकर्मी चलचित्र निर्देशक सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ सोमबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । करिब १० मिनेट लामो ‘शून्य’ मा अभिनेता दत्तको एकल अभिनय छ ।

कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्थालाई यो छोटो चलचित्रत्रले निकै मार्मिक र भावनात्मक रूपले चित्रण गरेको छ । शर्ट फिल्म कोभिड १९ कै वरिपरि घटेको छ । प्रबासी जीबन बिताउंदा आफ्नो जन्मभूमि फर्कन नसक्दा मनमा परेको बेदना र पिडालाई शून्यले गहिराईसम्म पुगेर चरितार्थ गरेको छ। ।जुन घटना जो कोही माथि पनि घट्न सक्छ । देश बाहिर बस्नेहरुले आफन्त गुमाउनुपर्दाको पीडा शून्यले देखाउन खोजेको अर्को बलियो पाटों हो ।

भिजन संसारको प्रस्तुतिका रुपमा रिलिज गरिएको ‘शून्य’ मा डीडी ईन्टरटेनमेन्टको साथ छ । जसमा कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ । यो लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।