गायक निजेन श्रेष्ठको हाम्रो ट्राफिक दाई बजारमा


सेलिब्रेटी नेपाल काठमाडौँ
एक्सन मिडिया ग्रुपको आयोजनमा महानगरिय ट्राफिक प्रहरी महाशाखा नजिक रहेको यगम्बर पार्टी हलमा हाम्रो ट्राफिक दाई” बोलको गीत सार्वजनिक भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि डी आइ जि जय बहादुर चन्द रहनु भएको थियो ।
Trafic-nepal
कार्यक्रमको शरुवातमा प्रमुख अतिथि डी आइ जि चन्द द्वारा दिप प्रज्ज्वलन गरि शुरुवात गरिएको कार्यक्रममा बिशिष्ठ, कलाकार, कलाप्रेमी, समाजसेवी, नेपाल ट्राफिक प्रहरी र मिडियाकर्मीहरुको उपस्थित थियो । एक्सन मिडिया ग्रुपका प्रबन्ध निर्देशक ओम प्रसाइले आफ्नो स्वागत मन्तब्य राख्दै कार्यक्रमकको बारेमा प्रष्ट पारेका थिय । एक्सन मिडिया ग्रुपले बजारमा ल्याएको भिडीयोमा नवल खड्का, उत्तम केसी ,राम लामीछाने, निजेन श्रेष्ठ लगाएतको अभिनय रहेको छ । निजेन श्रेष्ठको शब्द , स्वरमा रहेको गीतको भिडीयोलाई प्रदीप रसाइलीले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पादन ओम प्रसाइको रहेको छ ।