सुटिङको गाडी दुर्घटना, एकको घटनास्थलमै मृत्यु



काठमाडौं । म्युजिक भिडियो छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना चलचित्र प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । मृतक युवती म्युजिक भिडियो निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।

अन्य घाइतेहरुमा चलचित्र प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।

घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्विर-पुस्कर लामाको फेसबुकबाट