प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त



काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस-माओवादी गठबन्धनसँग पराजित भएका थिए । कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।