गायक प्रकाश कटुवाल पक्राउ

सेलिब्रेटी नेपाल

काठमाडौँ: लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । बन्दीपुर डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा गायक कटुवाल पक्राउ परेका हुन् ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दाा दर्ता गरिएको छ। गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। प्रकाशले छेकेन जामाले,मोही खाउँला बोट्कामा,फुल फुल्यो केसरी,तोरीको बोटैमा,लौरी गोगनको लगाएत थुप्रै चर्चित गीतहरुमा स्वर दिएका छन् ।

तस्विर प्रकाश कटुवालको फेसबुकबाट

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३