सजिलो त छैन तर मेहनत गर्ने र लागि पर्ने हो भने सफल हुन सकिन्छ प्रतिक्षा



नेपाल कला क्षेत्रमा लाग्न चाहने र कला क्षेत्रमा आफ्नो भबिस्य देख्ने हरुको संख्या बढी रहेको छ । एक दशक अघि सम्म नायिका तथा मोडलको संख्या औंलामा गन्न सकिन्थ्यो । आजकल मोडल बन्न चाहने र कलाकारितामा लाग्ने हरुको संख्यामा कमि छैन र कला क्षेत्रमा भबिस्य बनाउन पनि सजिलो छ धेरै प्लेट फर्महरु छन् ।

३ बर्ष देखि कलाकारितामा भबिस्य बनाउने उदेस्यका साथ कलाकारितामा छिरेकी प्रतिक्षा खडकाले ३ बर्ष मा करी ५ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरि सकेकी छिन भने ५ वटा चलचित्रमा पनि काम गरि सकेकी छिन ।

उनि अभिनित चलचित्र टिनेज आगामी असोज २७ गते बाट प्रदर्शनमा आउने भएको छ । कलाकारितामा लागेर अघि बढ्न सजिलो त छैन तर मेहनत गर्ने र लागि पर्ने हो भने सफल हुन सकिन्छ उनि भन्छिन । मोडल भए पछी बेला बेला फोटो शुट पनि गरि रहनु पर्ने रहेछ भनेर हालै उनले नयाँ फोटो शुट पनि गराएकी छिन । हिन्दु नारी हरुको महान चाड तिजको छेकोमा गरेको फोटो शुटमा उनि लेहेंगामा देखिएकी छिन् ।