‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारको मैत्रीपूर्ण क्रिकेटमा चलचित्र पत्रकार विजयी


सेलिब्रेटी नेपाल

काठमाडौँ:चलचित्र ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकारको टोलीले जित हात पारेको छ । चितवनस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सम्पन्न टि-ट्वान्टी म्याचमा चलचित्र पत्रकारले ‘सेन्टी भाइरस’ टिमलाई ७ विकेटले पराजित गर्यो ।

टस हारेर ब्याटिङ गरेको ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन बनाउन सक्यो । ४२ रनमै ५ विकेट गुमाएर दबाबमा आएको ‘सेन्टी भाइरस’ टिमको पारी सुनिल र एलिशले उकासेका थिए । दुवैले छैटौँ विकेटको लागि अर्धशतकीय साझेदारी गरे ।

उत्कृष्ट सुरुवात गरेको चलचित्र पत्रकारले ९ ओभरमा विना विकेटको क्षतिमा ९६ रन जोडेको थियो । १७ बलमा २० रन बनाएका नारायण रेग्मीले अर्को ब्याट्सम्यानलाई ब्याटिङको पालो दिएका थिए ।

पहिलो विकेटको लागि १ सय १७ रनको साझेदारी हुँदा ‘सेन्टी भाइरस’ टिम हारको नाजिक पुगिसकेको थियो । त्यसपछि लगातार ३ विकेट लिएपनि टिमले हार जोगाउन सकेन ।

धुर्मुस-सुन्तलीले निर्माण गरेको ‘सेन्टी भाइरस’ यहि फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ । रामबाबु गुरुङ निर्देशित चलचित्रले दिलाएको मुनाफाको ५० प्रतिशत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि खर्चिने घोषणा गरिएको छ ।