‘सेल्फी किङ’ फोटो कन्टेस्ट विजेता बने दीवस


सेलिब्रेटी नेपाल

काठमाडौँ: भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउदैछ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले चलचित्रमा शिर्ष भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनि ‘सेल्फी किङ’ बनेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । चलचित्रमा उनैको तीन दिनको कथा उतारिएको छ । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई चलचित्रमा देखाइएको छ । चलचित्र युनिटले गत माघ ५ गते देखि नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो । ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्ने व्यवस्था गरेको थियो ।

गत माघ ५ देखि माघ २० सम्म संचालित प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिएकोछ । एपको एज मार्फत लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् । प्रतियोगितामा सहभागीबाट दीवस पोखरेल विजेता बनेका छन् । उनले खिचेको सेल्फीले निर्माण पक्षको मन जितेको हो । ’हामीले पुरस्कारनै अभिनय सिकाउने राखेका छौ र उँहाको तस्वीर हेर्दा अभिनयमा इच्छुक देखिनु भएको छ’ विपिनले भने । उनले यस प्रतियोगिताले उँहाको कलाकारितामा मदत पुग्ने विश्वास समेत व्यक्त गरे ।

दीवससँगै अन्य १० प्रतियोगीले प्रिमियरको १० पास जितेका छन् । पहिलो भएका दीवसले कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति पाएका छन् । आफुले प्रतियोगिता जितेको थाहा पाएपछि दीवस पानो उत्साहित छन् । ’मेरो नाम आउँदा निकै खुसि लग्यो’ उनले भने ,’अभिनय सिक्ने एउटा सपना फिल्मले पुरा गर्यो ।’ इटहरीमा रहेका दीवस प्रिमियरमा सहभागी हुन् काठमाण्डौ आउदैछन् । चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र सुवास थापाले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।