राष्टिय चलचित्र नीति अनुगमन तथा मुल्याकन समिति गठन


सेलीब्रेटी नेपाल काठमाडौँ
नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले राष्टिय चलचित्र नीति कार्यन्नयनको अनुगमन तथा मुल्याकन समिति गठन गरेको छ । नेपाल सरकार मन्त्रि स्तरको गत श्राबण १३ गतेको निर्णय अनुसार बिशिष्ठ चलचित्रकर्मी यादब खरेलको संयोजकत्वमा दुई बर्षको लागी नौ सदस्य समिती गठन गरीएको हो । समितीको सदस्यमा बिशिष्ठ चलचित्रकर्मीहरु हरीहर शर्मा,युवराज लामा,चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई,चलचित्रकर्मी श्याम सापकोटा,बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय,सबनम मुखिया,चलचित्र प्राबिधिक बसन्त कुमार रुपाखेती रहेका छन ।
yadav-kharel
समितिको सदस्य सचिबमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिब पुस्कर राज नेपाल रहेकाछन । समितिले राष्टिय चलचित्र नीती,अनुगमन समिति गठन तथा कार्यसंचालन मार्गदर्शन २०७३ अन्र्तगत चलचित्र क्षेत्रलाई सिर्जनशील सास्कृतीक एबं मनोरञ्जनात्मक उधोगको रुपमा बिकाश गरी स्वदेशी चलचित्रको बिकाश र संरक्षण गर्दै चलचित्रको प्रर्बदन एबं चलचित्रकर्मीहरुको हकहितको संरक्षण गर्न यो समिती गठन गरीएको संचार मन्त्रालयले बताएको छ । समितिले राष्टिय चलचित्र नीतिको कार्यन्यन पक्षलाई समन्वयत्मक रुपमा अनुगमन,सहजिकरण गर्नेछ । समितिको कार्यक्षेत्र राष्टिय चलचित्र नीती २०७१ को स्वीकृत कार्ययोजनाको प्रभाबकारी कार्यन्यन भए नभएको अनुगमन गरी सो को कार्यन्वयनमा सहजिकरण गर्ने र सो को प्रतिबेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने छ ।