दर्पणछायाँ २ को तरंग नौलो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
new-nepali-actress
फागुन २७ गते रिलिज हुन लागेको चलचित्र ‘दर्पणछायाँ २’ले रिलिज मिति नजिकिदैं गर्दा आफ्नो दोस्रो गीत रिलिज गरेको छ। फिल्मको ‘तरङ नौलो’ बोलको गीत सार्बजनिक गरिएको हो। गीतमा मेलिना राईको स्वर रहेको छ। गीतमा सहारा कार्की तथा पुष्पल खड्काको अभिनय रहेको छ।

रञ्जित गजमेरले गीतमा संगीत दिएका हुन्। सागीतिक प्रेमकथा भन्ने फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन्। चलचित्रमा पुष्पल तथा सहाराको साथमा श्रद्धा प्रसाई, फिरोज, शेर बहादुर तथा जीवनको मुख्य अभिनय रहेको छ।