आस्था राउत धरौटीमा रिहा


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

आस्थाले भने आफूमाथि पनि प्रहरीबाट दुर्व्यवहार भएको दाबी गर्दै आएकी थिइन् । आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै गाली गरेकी थिइन् ।